११ चैत्र २०८१ सोमबार
image/svg+xml
समाज

बर्दियामा जङ्गली हात्तीको आक्रमणबाट एकको मृत्यु

फाइल तस्बिर

जङ्गली हात्तीको आक्रमणबाट एक पुरुषको मृत्यु भएको छ । ठाकुरबाबा नगरपालिका– २ बलातीका ६० वर्षीय बलिराम थारुको हात्ती आक्रमणबाट बुधबार राती मृत्यु भएको हो ।

बर्दिया राष्ट्रिय निकुञ्जबाट निस्केको हात्तीले थारुलाई आक्रमण गरेको प्रहरीले जनाएको छ । बुधबार राती ११ बजेर ४५ मिनेटको समयमा घर नजिकको बारीमा आएको जङ्गली हात्तीलाई धपाउन गएको बेला थारुलाई हात्तीले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय गुलरियाका डिएसपी ऋषिराम घर्ती मगरले बताए ।

‘हात्तीले टाउको कुल्चिँदा घटना स्थलमै थारुको मृत्यु भएको हो,’डिएसपी मगरले भने,‘क्षतिपूर्तिको माग गर्दै स्थानीयले पूर्व पश्चिम राजमार्ग बन्द गरेका छन् ।’ एसपी सापसहितको टोली घटना स्थलतर्फ गएको डिएसपी मगरले जानकारी दिए ।

प्रकाशित: २९ फाल्गुन २०८१ ११:२१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App