१९ माघ २०८२ सोमबार
image/svg+xml
समाज

अन्तिम चरणमा सूचनाको हक निर्देशिका

राष्ट्रिय सूचना आयोगले सूचनाको हक कार्यान्वयन परीक्षण निर्देशिका २०८१ स्वीकृतिको अन्तिम चरणमा रहेको जनाएको छ। आयोगले सोमबार कार्यालयमै पत्रकार सम्मेलन गरेर यसबारे जानकारी गराएको हो।

आयोगले सार्वजनिक निकायहरूमा सूचनाको हकको कार्यान्वयन अवस्थाको परीक्षणलाई थप प्रभावकारी तथा व्यवस्थित गर्न सूचनाको हक कार्यान्वयन परीक्षण निर्देशिका २०८१ स्वीकृतिको अन्तिम चरणमा रहेको जानकारी दिएको हो। पत्रकार सम्मेलनमा बोल्दै आयोगका प्रमुख सूचना आयुक्त डा. सुरेशप्रसाद आचार्यले आगामी २०८२ वैशाख २२ गते मनाइने राष्ट्रिय सूचना आयोग स्थापना दिवसका लागि विभिन्न तयारी समितिहरू गठन भई काम भइरहेको बताए। उनले आयोगले पछिल्ला तीन महिनामा राजनीतिक दलका नेता एवं सूचना अधिकारीहरू र उच्च अदालत पाटनका न्यायाधीशहरूसँगको संवाद काठमाडौंमा सम्पन्न गरेको जानकारी दिए।

सूचनाको हकका लागि राष्ट्रिय महासंघमार्फत हेटौंडामा राष्ट्रियस्तरको अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको प्रमुख सूचना आयुक्त आचार्य बताए।

सूचना अभियन्ता र सूचना पाउन नसकेका व्यक्तिबाट आएका पुनरावेदनहरूको सुनुवाइअन्तर्गत तीन महिनामा २० वटा इजलास बसी चार सय ८३ वटा सुनुवाइ भएको उनले जानकारी दिए।

सार्वजनिक निकायहरूमा सूचना प्रवाह गर्ने प्रवृत्तिमा आम रूपमा समस्या रहेको उनको भनाइ थियो। उनले सूचना अभियन्ताहरू बढी बैंकिङ, कर कार्यालयहरूमा बढी केन्द्रित रहेको स्पष्ट पारे। उनले पछिल्लो समय पुनरावेदन दर्ताको प्रक्रियाबारे उठेका जिज्ञासासमेतलाई सम्बोधन गर्दै पुनरावेदन प्रक्रियालाई सरल बनाउन पुनरावेदन कार्यविधिमा संशोधन प्रक्रिया थालिएको बताए।

प्रकाशित: २७ फाल्गुन २०८१ ०७:४१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App