१९ माघ २०८२ सोमबार
image/svg+xml
समाज

काठमाडौं विश्वकै दाेस्रो प्रदूषित सहर

सोमबार काठमाडौं विश्वकै प्रदूषित सहरको सूचीको दोस्रो स्थानमा पुगेको छ।

विश्वको वायुको गुणस्तरको अवस्था उल्लेख गर्ने पोर्टल आइक्यु एयरकाअनुसार सोमबार दिउँसो १२: ४५ बजे काठमाडौंको एक्युआइ (वायुको स्वच्छता सूचकांक) १९१ पुगेको छ।

आइक्यु एयरका अनुसार भियतनामको हनोई विश्वको प्रदूषित सहरको सूचीमा पहिलो नम्बरमा छ। चीनको बेइजिङ नेपालपछि तेस्रो नम्बरमा छ।

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) को वायु गुणस्तर मापदण्डअनुसार एक्यूआई ५० सम्मको वायु ‘स्वस्थकर’ हुन्छ ।  एक्यूआई १०१ देखि १५० ‘अस्वस्थ कर’ हुन्छ । यस्तै, एक्यूआई  २०१ देखि ३०० सम्म पुगेमा ‘अति अस्वस्थ कर’ र त्यो भन्दा माथि भएमा ‘खतरनाक’ बन्दै जाने डब्ल्यूएचओको मापदण्ड छ ।

प्रकाशित: २६ फाल्गुन २०८१ १२:४९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App