१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
समाज

ट्रम्पले निष्कासन गरेका नेपाली सवार पहिलो विमान काठमाडौंमा

अमेरिकामा अवैध रूपमा बस्दै आएका नेपालीलाई बोकेर आएको जीआरपी-२३ चार्टर विमान नेपाल पुगेको छ। विमान आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो। अमेरिकी अध्यागमन कानुन उल्लंघन गरेको भन्दै ट्रम्प प्रशासनले निष्कासन गरेको थियो।  

राष्ट्रपति डोनाल्ड ट्रम्पले सत्ता सम्हालेपछि अवैध आप्रवासीविरुद्ध कडा नीति अपनाउँदै आएका छन्। अमेरिकाले चार्टर विमानमार्फत नेपालीलाई फर्काएको यो पहिलो घटना हो। यसअघि विभिन्न एयरलाइन्समार्फत फर्काउने गरिएको थियो। जानकारी अनुसार नेपाल आएको विमानले केही अमेरिकी नागरिकलाई फिर्ता लैजाने छ।

प्रकाशित: २१ फाल्गुन २०८१ ११:०८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App