१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
समाज

वृद्धाश्रमको भवन बनाउने क्रममा पहिरो जाँदा मजदुरको मृत्यु

सुक्खा पहिरो जाँदा यहाँको नमोबुद्ध नगरपालिका–१ कानाकोटमा बिहीबार एक मजदुरको घटनास्थलमै मृत्यु भएको छ।

वृद्धाश्रमको भवन बनाउने क्रममा माथिबाट सुक्खा पहिरो आई भवनको दोस्रो तलाको पिल्लर ढलेर किच्दा पर्साको सखुवापर्सेनी गाउँपालिका–३ स्थायी ठेगाना भएका ३८ वर्षीय दुर्जन माझीको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालयका अनुसार सुक्खा पहिरोले पिलर ढल्दा रडले टाउकोमा लागी घटनास्थलमै माझीको मृत्यु भएको हो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

प्रकाशित: १५ फाल्गुन २०८१ १९:१० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App