मुगुको राराताल नजिकै रहेको डाँफे होटलमा आगलागी भएको छ। मुगुका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) कमलप्रसाद पाण्डेका अनुसार आगलागीका कारण होटल पूर्णरूपमा नष्ट भएको छ।
‘मानवीय क्षति भएको छैन, होटल आगलागीका कारण पूर्णरूपमा जलेको छ,’ प्रजिअ पाण्डेले भने, ‘मुचुल्कापछि मात्रै कति क्षति भयो यकिन होला।’
प्रहरीका अनुसार होटलमा चार वटा भवन थिए, जुन सबै जलेर नष्ट भएका छन्। आगलागी बुधबार राति १२:५० बजे सुरु भएको प्रजिअ पाण्डेले जानकारी दिए। थप विवरण आउन बाँकी छ।
प्रकाशित: १५ फाल्गुन २०८१ ०८:३३ बिहीबार





-600x400.jpg)