१३ माघ २०८२ मंगलबार
image/svg+xml
समाज

खडेरीले सुक्न थाले जडिबुटी

तस्बिर : गोल्डेन बुढा/नागरिक

जुम्लाको गुठिचौर गाउँपालिका ५ मा रहेको धिताचौर वनस्पती उद्यानमा अनुसन्धानका लागि लगाइएका वनस्पतिहरु खडेरीले सुक्न थालेका छन् । 

२०५६ सालमा स्थापना भएको उद्यानमा सयभन्दा बढी प्रजातिका झण्डै १० हजार वनस्पति रोपेर अनुसन्धान भइरहेको छ । अहिले विरुवा बचाउन बोकेरै भएपनि पानी हाल्ने काम भइरहेको छ ।

अबको केही दिनभित्र पानी नपरे खडेरीले सबै जडिबुटी सुकेर जाने चिन्ता व्यक्त गर्दै चौकीदार मीतानन्द न्यौपानले जडिबुटी रोपेर सिचाइँ गर्ने समयमा पानी नभएपछि समस्या भएको बताए । उनले भने, ‘कहाँ देखि पानी ल्याएर सिँचाइ गर्ने हो चिन्ता लाग्छ । पाटनमा लोप भइरहेको जडिबुटीको अनुसन्धान यही उद्यानमा भइरहेको छ । तर सिँचाइ अभावमा सुकेर जान थाले । जसले अनुसन्धान समेत प्रभावित बनिरहेको छ ।’

यहाँ सफल भएका वनस्पतीहरु किसानलाई सिफारिस गर्ने गरिएको छ । जुम्लाका ८ वटै स्थानीय तहका किसानले यहाँ अनुसन्धान भइरहेका विरुवाहरु लैजाने गरेका छन् । 

धिताचौर वनस्पति उद्यान विशेष गरी कर्णाली क्षेत्रमा पाइने वनस्पतिहरुको संरक्षण तथा अनुसन्धान गर्ने, प्रविधिमा विकास गर्ने, रैथाने, दुर्लभ तथा संकटापन्न वनस्पतिहरुको संकलन, अध्ययन अनुसन्धान, संरक्षण गर्ने उद्देश्यले स्थापना गरिएको हो।

प्रकाशित: १३ फाल्गुन २०८१ १५:१३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App