१४ चैत्र २०८२ शनिबार
image/svg+xml
समाज

नेपालमा सम्भावना देखेर महिला उद्यमी उत्साहित छन् : अध्यक्ष ज्ञवाली

महिला उद्यमी महासंघ नेपालका अध्यक्ष शोभा ज्ञवालीले नेपालमै सम्भावना देखेर उत्साहका साथ महिलाहरू उद्यमशील बनिरहेको बताएकी छन्।  

नेपाल रिपब्लिक मिडिया लिमिटेडले आज  नेपालगन्जमा आयोजना गरेको 'म नागरिक, म बनाउँछु नेपाल' कार्यक्रममा उनले यस्तो बताएकी हुन्। महिलाहरू गाउँदेखि शहरसम्म साना-साना उद्योग चलाएर आत्मनिर्भर बनिरहेको उनले सुनाइन्।

'महिला दिदीबहिनीहरू देशमै केही गर्छौं भनेर उधममा लाग्नु भएको छ,' ज्ञवालीले भनिन्। नेपालमा रोजगारी छैन भन्ने गलत मानसिकतालाई महिलाहरूले तोडिरहेको उनको भनाइ छ।

नेपाल रिपब्लिक मिडिया लिमिटेडका अध्यक्ष विनोदराज ज्ञवालीको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको छ। उक्त कार्यक्रममा नेपाली कांग्रेसका नेता डा. शेखर काेइराला, महिला उद्यमी महासंघका अध्यक्ष शाेभा ज्ञवाली, सिद्धार्थ ग्रुपका अध्यक्ष लक्ष्मण न्यौपाने र संरक्षणकर्मी मनाेज गाैतम वक्ताको रूपमा रहेका थिए।

प्रकाशित: १२ फाल्गुन २०८१ ११:३३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App