भारत उडिसा राज्यको भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयले नेपाली विद्यार्थीमाथि भएको दुर्व्यवहारप्रति माफी मागेको छ। विश्वविद्यालयले आज एक विज्ञप्ति जारी गर्दै माफी मागेको हो।
नेपाली विद्यार्थी प्रकृति लम्साल मृत भेटिएको घटनामा नेपाली विद्यार्थीले न्यायका लागि प्रदर्शन गरेपछि विश्वविद्यालय प्रशासनले सबै नेपाली विद्यार्थीलाई हिजो निस्कासन गरेको थियो। विश्वविद्यालयको छात्राबासबाट हिजो बिहान कुटपिट र गालीगलौज गर्दै विश्वविद्यालय प्रशासनले जबरजस्ती निस्कासन गरेको थियो।
विश्वविद्यालयद्वारा जारी विज्ञप्तिमा विश्वविद्यालयले क्याम्पस र होस्टलबाट निस्कासित भएका नेपाली विद्यार्थीलाई फर्किन आह्वान पनि गरेको छ। विश्वविद्यालयले घटनाको छानबिनमा सघाउने र विद्यार्थीको सुरक्षामा ध्यान दिने समेत जनाएको छ।

प्रकाशित: ६ फाल्गुन २०८१ १३:३६ मंगलबार