२८ भाद्र २०८३ आइतबार
image/svg+xml
समाज

केआईआईटी विश्वविद्यालयले रेल स्टेसन र विमानस्थलमा छाडेपछि नेपाली विद्यार्थी अलपत्र

भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयले होस्टेलबाट निकालेपछि अहिले नेपाली विद्यार्थी अलपत्र परेका छन्।

विश्वविद्यालयले नेपाली विद्यार्थीहरूलाई होस्टेलबाट जबर्जस्ती कुट्दै बाहिर निकालेको त्यहाँ अध्ययनरत एक नेपाली विद्यार्थीले बताए।

उनले भने, 'नेपाली विद्यार्थीहरूलाई यहाँको विभिन्न ठाउँमा लागेर छाडिएको छ। यहाँ नजिकैको रेल ट्रेन स्टेसन, बस स्टेसन र विमानस्थलमा लगेर छाडिएको छ। एकै ठाउँमा हुँदा प्रदर्शन गर्छन् भनेर विद्यार्थीलाई जबरजस्ती लगेर छाडिएको छ।' 

सो विश्वविद्यालयमा ८०० सय भन्दा बढी नेपाली विद्यार्थीहरू अध्ययन गर्दै आइरहेको ती विद्यार्थीले बताए। 

केआईआईटी विश्वविद्यालयमा कम्प्युटर इन्जिनियरिङ्ग अध्ययनरत तेस्रो वर्षकी छात्रा प्रकृति लम्साल होस्टेलको आफ्नै कोठामा आइतबार साँझ मृत फेला परेकी  थिइन्।

विश्वविद्यालयमा अध्ययनरत नेपाली छात्राको आत्महत्यापछि त्यहाँ अध्ययनरत नेपाली विद्यार्थीहरू आन्दोलित बनेका थिए। 

प्रकाशित: ५ फाल्गुन २०८१ १७:४७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App