विगत केही दिन यता मौसममा देखिएको परिवर्तनसंगै ताप्लेजुङस्थित पाथीभरा क्षेत्रमा हिमपात सुरु भएको छ।
आइतबार बिहानबाट हिमपात सुरु भएको माथिल्लो फेदिका होटल व्यवसायी तथा पाथीभरा मन्दिरका कर्मचारी राजेन्द्र महतले जानकारी दिए। उनका अनुसार माथिल्लो फेदिदेखि उभों पाथीभरा मन्दिर आसपाससम्म हिमपात भइरहेको छ।

‘म मन्दिर क्षेत्र पुग्न लागेको छु, अहिले भने हिमपात भएको छैन,’ महतले भने। पाथीभरा मन्दिर ३ हजार ७ सय ९४ मिटर र माथिल्लो फेदि ३ हजार १ सय १० मिटर उचाइमा छन्। धुम्म मौसम र चिसो अवस्था कायम रहेकाले यो अवस्था नहटे थप हिमपात हुनसक्ने अनुमान गरिएको छ।
प्रकाशित: ४ फाल्गुन २०८१ ०८:११ आइतबार





