उत्तरी अफगानिस्तानमा बम विस्फोट हुँदा ६ जनाको मृत्यु भएको छ। मङ्गलबार (आज) अफगानिस्तानमा कुन्दुज प्रान्तको राजधानी कुन्दुज सहरमा तलब लिन बैंक बाहिर विस्फोट हुँदा थप १३ जना घाइते भएका छन्।
सेवाग्राहीहरू लाइनमा बसिरहेको बेलामा उनीहरूलाई लक्षित गरी आत्मघाती आक्रमण भएको अफगान प्रहरीले जनाएको छ। मारिनेमा सर्वसाधारण, सरकारी कर्मचारी र तालिबान सुरक्षा बलका सदस्य छन्।
हमलामा घरेलु विस्फोटक उपकरण प्रयोग भएको कुन्दुज प्रान्तका प्रहरी प्रवक्ता जुमादिन खाक्सरले बताएका छन्। उनका अनुसार विस्फोटक पदार्थ बोकेका व्यक्तिले भीडमा पुगेर आफैँलाई विस्फोट गराएका थिए।
प्रकाशित: २९ माघ २०८१ २०:४७ मंगलबार





