काठमाडौँको कमलपोखरीस्थित शानदार म:म पसलमा ग्यास सिलिण्डर विष्फोट हुँदा घाइते भएका दुई जनाको मृत्यु भएको छ।
कीर्तिपुर बर्न अस्पतालमा उपचारका क्रममा घाइते भएका दुई जनाको सोमबार मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। अन्य घाइतेहरूको कीर्तिपुर बर्न अस्पतालमा सपचार भइरहेको छ।
गत बिहीबार बिहान ८ बजेर ४२ मिनेटमा सानदार म:म पसलमा ग्यास सिलिण्डर विष्फोट भएको थियो । उक्त विस्फोटमा सोही पसलमा काम गर्ने ११ जना कामदारहरू घाइते भएका थिए।
यो पनि पढ्नुहोस्
कमलपोखरीको म:म पसलमा ग्याँस सिलिण्डर विष्फोट, ११ जना घाइते
प्रकाशित: २९ माघ २०८१ १०:११ मंगलबार