२१ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
समाज

कमलपोखरीको म:म पसलमा ग्याँस सिलिण्डर विष्फोट, ११ जना घाइते

काठमाडौँको कमलपोखरीस्थित एक म:म पसलमा ग्याँस सिलिण्डर विष्फोट भएको छ।

आज बिहान ८ बजेर ४२ मिनेटमा सानदार म:म पसलमा ग्याँस सिलिण्डर विष्फोट भएको वरिष्ठ उपरीक्षक तथा सूचना अधिकारी शेखर खनालले नागरिकन्युजलाई जानकारी दिए। उनका अनुसार सोही पसलमा काम गर्ने ११ जना पुरुष व्यक्तिहरू घाइते भएका हुन्। उनीहरूलाई उपचारका लागि पहिला हिमाल अस्पताल हुँदै अहिले कीर्तिपुर बर्न अस्पतालमा लगिएको उनले बताए।

उनका अनुसार विष्फोटमा परेका ११ मध्ये एक जनाको अवस्था गम्भीर रहेको छ भने भवनमा पनि क्षति पुगेको छ।

बिहान एक्कासी ठूलो आवाजका साथ विष्फोट भएपछि सुरक्षाकर्मीका गाडी र एम्बुलेन्स त्यसतर्फ गएको थियो।

प्रकाशित: २४ माघ २०८१ ०९:५७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App