६ चैत्र २०८१ बुधबार
image/svg+xml
समाज

वैज्ञानिकप्रति सर्वसाधारणको विश्वास घट्दो!

यस्ताे पनि!

पछिल्ला वर्षहरूमा सर्वसाधारणले वैज्ञानिकहरू र तिनले गरिरहेका अनुसन्धानप्रति विश्वास गर्न छाडिरहेको भाष्य तयार हुन थालेको छ। नेचर पत्रिकामा प्रकाशित अनुसन्धानले ६८ देशहरूमा गरिएको सर्भेक्षणमा ७१ हजार नौ सय २२ सर्वसाधारणले सहभागिता जनाएका थिए। अध्ययनले अधिकांश देशमा धेरैजसो सर्वसाधारणले वैज्ञानिकहरूप्रति विश्वास गर्ने देखिएको छ।

अध्ययनका अनुसार, सर्भेक्षणमा वैज्ञानिकमाथि विश्वास नगर्नेहरू धेरै भएको कुनै पनि देश नरहेको भिक्टोरिया बताउँछिन्। वैज्ञानिकहरूमा संसारकै समस्या समाधान गर्ने क्षमता रहेकामा सर्वसाधारणको विश्वास अझै पनि छ। ७८ प्रतिशत सर्वसाधारण वैज्ञानिकहरूले महत्त्वपूर्ण अनुसन्धान गर्न सक्षम भएको बताएका थिए।

यस्तै ५७ प्रतिशत सर्वसाधारणले वैज्ञानिकहरू इमान्दार रहेको बताएका थिए भने ५६ प्रतिशतले वैज्ञानिकहरूले समाजको भलाइका बारेमा सोच्ने विश्वास व्यक्त गरेका थिए। ४२ प्रतिशतले भने वैज्ञानिकहरूले आफ्नो काममा भन्दा अन्यत्र ध्यान दिन थालेकोमा चिन्ता व्यक्त गरेका थिए। अध्ययनमा के देखियो भने, बेग्लाबेग्लै देशहरूमा वैज्ञानिकहरूमाथि विश्वास गर्ने तह फरक थियो।

अघिल्ला अध्ययनले दक्षिण अमेरिका र अफ्रिकी मुलुकहरूमा वैज्ञानिकमाथि कम विश्वास रहेको बताएका थिए। यस पटकको अध्ययनमा भने त्यस्तो देखिएन। रुस र कजाकिस्तानमा भने वैज्ञानिकहरूप्रति विश्वास अपेक्षाकृत कम देखिएको छ।

डेनमार्कका बासिन्दाहरू वैज्ञानिकहरूको इमान्दारी र क्षमतामा बलियो विश्वास गछृन्। यस्तै फिनल्यान्ड, स्वीडेन, जर्मनी, क्यानडा र अस्ट्रेलियाजस्ता देशमा वैज्ञानिकहरूको विविध पक्षमाथि विश्वास बढी पाइएको छ। उसो भए वैज्ञानिकहरूप्रति सबैभन्दा विश्वास गर्नेहरूमा को छन् त? अध्ययनले भन्छ, सालाखाला महिला र वृद्धहरू वैज्ञानिकहरूप्रति बढी नै विश्वास गर्छन्। पुरुष र युवाहरू भने अपेक्षाकृत कम विश्वास गर्ने गर्छन्। त्यस्तै शहरमा बस्ने, साक्षर र धनी मानिसहरूमा वैज्ञानिकहरूप्रति बढी विश्वास देखिन्छ।

अध्ययनले भन्छ, समग्रमा वैज्ञानिकहरूमाथिको विश्वास राम्रो छ तर सबै ठाउँमा उच्च विश्वास भने छैनन्। विश्वासको कमीका अनेक कारणहरू रहेको अध्ययनले देखाएको छ।

 प्रस्तुतिः अच्युत कोइराला

प्रकाशित: २४ माघ २०८१ ०९:३७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App