३१ वैशाख २०८३ बिहीबार
image/svg+xml
समाज

प्रज्ञा प्रतिष्ठान गठन गर्ने पहिलो स्थानीय तह बन्दै थुलुङ दुधकोशी गाउँपालिका

जिल्लाको थुलुङ दुधकोशी गाउँपालिकाले 'थुलुङ दुधकोशी प्रज्ञा प्रतिष्ठान कार्यविधि-२०८१' स्वीकृत गरेको छ। गाउँपालिका अध्यक्ष असिम राईको अध्यक्षतामा मङ्गलबार (आज) सम्पन्न कार्यापालिका बैठकले उक्त कार्यविधि स्वीकृत गरेको गाउँपालिका प्रवक्ता भोजराज कार्कीले जानकारी दिए।  

यससँगै स्थानीय तहमा प्रज्ञा प्रतिष्ठान गठन गर्ने पहिलो स्थानीय तह थुलुङ दुधकोशी बन्ने भएको छ। गाउँपालिकाभित्रका भाषा, साहित्य, संस्कृति तथा दर्शनको संरक्षण, सम्वर्द्धन र विकास गर्न प्रज्ञा प्रतिष्ठान स्थापना गर्न लागिएको गाउँपालिका अध्यक्ष असिम राईले बताए।  

भौतिक पूर्वाधारको विकाससँगै सामाजिक विकासलाई उतिकै प्राथमिकतामा राखेर यो निर्णय गरिएको गाउँपालिकाको दाबी छ।

प्रकाशित: २२ माघ २०८१ १९:११ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App