२ चैत्र २०८१ शनिबार
image/svg+xml ८:२२ पूर्वाह्न
समाज

कम्तीमा तीन गुणाले बढ्यो हिमाल आरोहणमा खटिने कामदारको ज्याला

हिमाल आरोहणमा खटिने कामदारको पारिश्रमिकमा उल्लेख्य वृद्धि भएको छ । 

पर्वतारोहण सम्बन्धी (छैटौँ संशोधन) नियमावली २०८१ मार्फत् सरकारले उनीहरुको ज्याला बढाउने  निर्णय गरेका हो ।

सरकारको निर्णयपछि अब सरदारको ज्याला दैनिक १५ सय, पर्वतीय पथप्रदर्शक र उचाइमा जाने कामदारको ज्याला दैनिक १२ सय र आधार शिविरमा खटिने कामदारको ज्याला दैनिक १ हजार रुपैयाँ निर्धारण गरिएको छ ।

यसअघि सरदारको ज्याला दैनिक भत्ता ४ सय, पर्वतीय पथप्रदर्शक र उचाइमा जाने कामदारको ज्याला दैनिक ३५० र आधार शिविरमा खटिने कामदारको ज्याला दैनिक ३ सय रुपैयाँ मात्र थियो ।

३ हजार ७ सय मिटरसम्म उचाइमा जाने स्थानीय कामदारलाई भने दैनिक ८ सय र त्यसभन्दा माथि जाने स्थानीय कामदारको ज्याला दैनिक १ हजार रुपैयाँ दिइने सरकारको निर्णय छ । 

प्रकाशित: २१ माघ २०८१ १९:२६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App