२ माघ २०८१ बुधबार
image/svg+xml
समाज

कंगोमा तैनाथ नेपाली शान्ति सैनिकहरुको अदलीबदली

शान्ति स्थापनाका लागि कंगोमा कार्यरत नेपाली सेनाका शान्ति सैनिकहरूको अदलीबदली सम्पन्न भएको छ।

संयुक्त राष्ट्रसंघको मिसनमा तैनाथ महावीर शौर्य गण (रेञ्जर) ३० औं डफ्फा र श्री केवलजंग गुल्म तेस्रो डफ्फालाई बदली गर्न श्री चण्डीदल गण ३१ औं डफ्फा र श्री भीमकाली गुल्म चौथो डफ्फाका १८८ जना शान्ति सैनिकहरूको पहिलो टोली पुस २८ गते मिसन इलाका प्रस्थान गरेको हो।

उक्त टोलीलाई प्रमुख सेनानी अच्युत घिमिरेको नेतृत्वमा संयुक्त राष्ट्रसंघको चार्टर्ड विमानमार्फत कंगो पठाइएको छ।

सोही दिन आफ्नो कार्यकाल सम्पन्न गरी मिसनबाट १८८ जना शान्ति सैनिक सेनानी देवेन्द्र खत्रीको नेतृत्वमा स्वदेश फिर्ता भएका छन्।

हाल कंगोमा मिसन अन्तर्गत नेपाली सेनाका १,१५१ शान्ति सैनिक कार्यरत छन्। यसमा एक गण, दुई गुल्म, स्टाफ सदस्यहरू, तथा सैनिक पर्यवेक्षकहरू समावेश छन्।

प्रकाशित: २९ पुस २०८१ १५:१३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App