२ माघ २०८१ बुधबार
image/svg+xml
समाज

अर्थ मन्त्रालयले विपद् प्राधिकरणमार्फत रकम पठाउँछ : गृहमन्त्री लेखक

गृहमन्त्री रमेश लेखकले भूकम्पसमेत मनसुनजन्य विपदबाट भएको क्षतिको आंकलन भइसकेको जानकारी दिएका छन्। आइतबार सिंहदरबारमा बसेको विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को १६ औँ बैठकपछि कुरा गर्दै उनले यस्तो बताएका हुन्। 

उनले अब त्यसलाई अर्थ मन्त्रालयमा पठाउने र पुनः निर्माण र पुनः स्थापनाको काम प्रारम्भ गर्ने निर्णय भएको जानकारी दिए। उनले भने, ‘पछिल्लो समयमा पश्चिम नेपालको भूकम्प जाजरकोट लगायतको जिल्लाहरूमा प्रभावित गरेको भूकम्प, डोटी इपिसेन्टर भएको, अछाम, बझाङ, बाजुरा, डडेलधुरालाई प्रभावित गरेको भूकम्प र पछिल्लो समयको मनसुनजन्य विपदबाट बाढी, पहिरोबाट क्षति भएको क्षतिको आंकलन भएको छ । विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणमा सम्बन्धित निकायहरूबाट क्षतिको विवरण आएको छ।’ 

उनले थपे, ‘त्यसलाई अर्थ मन्त्रालयमा पठाउने र अब पुनः निर्माण र पुनः स्थापनाको काम प्रारम्भ गर्ने । जुन जुन ठाउँमा डिडिए भइसकेको छ, त्यो ठाउँमा चाँडै पुनः निर्माणको कार्य प्रारम्भ गर्ने, जुन ठाउँमा क्षतिको विस्तृत आंकलन भएको छैन, त्यो ठाउँमा क्षतिको विस्तृत आंकलनको काम अब तुरुन्तै प्रारम्भ हुन्छ । 

त्यसका लागि आवश्यक श्रोत साधनको वा बजेटको व्यवस्था अर्थ मन्त्रालयले गर्दछ ।’ गृहमन्त्री लेखकले सम्बन्धित मन्त्रालयमा अर्थ मन्त्रालयले विपद् प्राधिकरणमार्फत रकम पठाउने जानकारी दिएका छन्। 

प्रकाशित: २९ पुस २०८१ ०९:०४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App