३ माघ २०८१ बिहीबार
image/svg+xml
समाज

मधेसवासी भन्छन्ः भूकम्पपछि अचानक मौसममा परिवर्तन आयो, हावा चलिरहेको छ

नेपाल-चीन सिमाना तिब्बतको डिंग्री काउन्टी केन्द्रबिन्दु बनाएर गएको ७ दशमलव १ रेक्टर स्केलको भूकम्पको धक्का नेपालभर महसुस गरिएको छ।

भूकम्प बिहान ६ बजेर ५० मिनेट जाँदा कोशी, मधेस र बागमती प्रदेशका जिल्लाहरूमा महसुस गरिएको थियो। भूकम्पपछि मधेस प्रदेशको मौसम परिवर्तन भएको स्थानीयहरू बताउँछन्। बिहान मौसम अनुकूल भए पनि बिहान भूकम्प गएपछि मधेस प्रदेशमा पौने सात बजेपछि अचानक मौसम परिवर्तन भएको, हावा चलेको र हुस्सुले शहर ढाकेको स्थानीयहरूले बताए। हुस्सु लागेको, पश्चिमबाट हावा चलेको स्थानीयहरू बताउँछन्।

नेपालमा संखुवासभा, भोजपुर, तेह्रथुम, ताप्लेजुङ, धनकुटा, खोटाङ्ग, ओखलढुङ्गा, सोलुखुम्बु, पाँचथर, इलाममा भूकम्पको कडा धक्का महसुस गरिएको थियो भने झापा, सुनसरी, मोरङ र उदयुपुरमा सामान्य धक्का महसुस गरिएको थियो।

प्रकाशित: २३ पुस २०८१ १३:५२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App