२३ पुस २०८१ मंगलबार
image/svg+xml
समाज

सेनाको हेलिकोप्टरबाट सुत्केरी र गर्भवतीको उद्धार

रुकुम पश्चिमको आठबिसकोट नगरपालिकाबाट दुई महिलालाई हेलिकोप्टबाट उद्धार गरी सुर्खेत पठाइएको छ। एक सुत्केरी र एक गर्भवतीलाई उद्धार गरी सुर्खेत पठाइएको हो।

आठबिसकोट–२ पाहाडाकी २४ वर्षीया धनमाया बुढा र वडा नं-३ खदीकी दीपा बोहरालाई नेपाली सेनाको हेलिकोप्टरबाट प्रदेश अस्पताल सुर्खेत पठाएको आठबिसकोट नगरपालिकाका प्रवक्ता देवबहादुर घर्तीले जानकारी दिए।

उनका अनुसार दीपाले छोरीलाई जन्म दिइसकेपछि रक्तस्राव नरोकिएका कारण र गर्भवती बुढाको रक्तचापका कारण नगर अस्पतालमा उपचार सम्भव नभएपछि थप उपचारका लागि सुर्खेत पठाइएको हो।

बिरामीको अवस्था गम्भीर भएपछि आठबिसकोट नगरपालिकाले जिल्ला प्रशासन कार्यालयलाई अनुरोध गरेको थियो। सोही अनुरोधका आधारमा राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत हेलिकोप्टरमार्फत गर्भवती तथा सुत्केरीको उद्धार गरिएको नगरपालिकाले जनाएको छ।

प्रकाशित: २१ पुस २०८१ १९:४३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App