२४ पुस २०८१ बुधबार
image/svg+xml
राजनीति

निलम्बित नेताबारे ओली- पिलो निचोरिँदैमा वजन घट्दैन

प्रधानमन्त्रीसमेत रहेका नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले 'पिलो निचोरिँदैमा वजन नघट्ने' अभिव्यक्ति दिएका छन्।

आइतबारयता जारी केन्द्रीय कमिटी बैठकमा केन्द्रीय सदस्यहरूले उठाएको सवालको जवाफ दिने क्रममा उनले यस्तो बताएका हुन्। नेताहरूले पार्टीका नेताहरू विन्दा पाण्डे र उषाकिरण तिम्सेनालाई कारबाही गरिएको सन्दर्भमा जवाफ माग गरेका थिए।

त्यसमा ओलीले यस्तो बताएका हुन्। एक नेताले भने, 'उहाँ (केपी शर्मा ओली) ले पिलो निचोरिँदैमा वजन घट्दैन भन्नुभयो। साथीहरूले नेताहरूलाई कारबाही नगर्नुपर्थ्यो भनेर भन्नुभएको थियो।'

उनले विन्दा पाण्डे र उषाकिरण तिम्सेनाले पार्टीमा नभई मिडियामा कुरा गर्दै हिँडेको बताए। त्यसकारण उनीहरूको निलम्बनबारे पुनर्विचार नहुने उनले अड्डी कसे। त्यसअघि झपट रावल, प्रकाश शाहलगायतका नेताहरूले कारबाहीमाथि पुनर्विचार हुनुपर्ने धारणा राखेका थिए।

प्रकाशित: २३ पुस २०८१ १६:०३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App