२५ पुस २०८१ बिहीबार
image/svg+xml
अपराध

सूर्यदर्शन सहकारी ठगी प्रकरण : रविसहित प्रतिवादीको बहस सकियो, जवाफी बहस जारी

सूर्यदर्शन सहकारी ठगी प्रकरणसम्बन्धी कास्की अदालतमा बिचाराधिन मुद्दामा सबै अभियुक्तका तर्फबाट बहस सकिएको छ। गत पुस १६ गतेदेखि जारी थुनछेक बहसमा बुधबार जाहेरवाला, सरकारी वकिल र प्रतिवादीतर्फको बहस सकिएको हो। मुद्दाको सुनुवाइ जिल्ला अदालत कास्कीका न्यायाधीश नितिज राईको इजलासमा भइरहेको हो । 

जाहेरवालाका तर्फबाट बुधबार नै जवाफी बहस सुरु भएको छ । सरकारी वकिलका तर्फबाट जवाफी बहस सकिएपछि आरोपीहरुलाई पुर्पक्षका लागि थुनामा पठाउने वा धरौटीमा छाडेर मुद्दा अघि बढाउने भन्ने आदेश आउनेछ ।

रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेसहित पूर्वडीआईजी छविलाल जोशी, लीला पछाईं, रामबहादुर खनाल, पूर्वसांसद मीना गुरुङ, कृष्णबहादुर गुरुङ र आरती गुरुङलाई अदालतमा अभियोगपत्रसाथ उपस्थित गराइएको थियो ।  

सहकारी ठगीमा ३१ जनालाई प्रतिवादी बनाइएको छ। उनीहरूबाट एक अर्ब ५१ करोड ४० लाख रुपैयाँभन्दा बढी बिगो माग गरिएको छ।  

उनीहरुविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको कसुरमा मुद्दा दायर भएको छ। रविसहित १९ जनालाई संगठित अपराध, ४ जनालाई सम्पत्ति शुद्धीकरण र २ जनालाई क्रिप्टोको कसुरमा मुद्दा छ। रवि पत्नी निकितासहित ५ जनालाई सम्पत्ति जफतका लागि प्रतिवादी बनाइएको छ। 

प्रकाशित: २४ पुस २०८१ १६:०९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App