२५ पुस २०८१ बिहीबार
image/svg+xml
समाज

सवारी दुर्घटनामा तीन जनाको मृत्यु

देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा परी तीन जनाले ज्यान गुमाएका छन्।

सल्यान छत्रेश्वरी गाउँपालिका-१ मयनीस्थित सडकमा भालुमारेबाट मयनीतर्फ जाँदै गरेको लु.प्र.०२-००१ त ००१२ नम्बरको ट्याक्टर बुधबार बिहान दुर्घटना हुँदा ट्याक्टरमा सवार सोही ठाउँ बस्ने ४९ वर्षीय क्षेत्र बहादुर खत्रीको मृत्यु भएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। हाल फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ।  

बाँके, नेपालगंज उपमहानगरपालिका-१७ ढोडेगाउँस्थित सडकमा युपि ४० एएफ २०४४ नम्बरको मोटरसाइकल र ने. १ ह ३६८१ नम्बरको ई-रिक्सा एकआपसमा ठक्कर खाई बुधबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकल चालक जानकी गाउँपालिका-३ बढैया बस्ने ५० वर्षीय निजमुद्दिन खानको मृत्यु भएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको नर्सिङहोम नेपालगंजमा उपचारको क्रममा मृत्यु भएको हो। ई-रिक्सा चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

दाङ, तुल्सीपुर उपमहानगरपालिका-५ बसपार्कस्थित सडकमा बीरेन्द्र चोकबाट बसपार्कतर्फ जाँदै गरेको लु.प्र.०२-००१ ख ४४ नम्बरको बसको ठक्करबाट हाल नाम, थर, वतन नखुलेकी अन्दाजी ३६ वर्षीया महिलाको बुधबार दिउँसो मृत्यु भएको छ।

ठक्करबाट गम्भीर घाइते भएकी उनको राप्ती प्रादेशिक अस्पताल तुल्सीपुरमा उपचारको क्रममा मृत्यु भएको हो। बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।  

दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

प्रकाशित: २४ पुस २०८१ १६:१९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App