२९ चैत्र २०८१ शुक्रबार
image/svg+xml १२:५७ अपराह्न
समाज

सानोठिमीमा स्कुटर दुर्घटना हुँदा श्रीमानको मृत्यु, श्रीमती घाइते

मध्यपुरथिमि नगरपालिका–२ सानोठिमीमा एक स्कुटर दुर्घटना हुँदा आज श्रीमानको मृत्यु भएको छ भने श्रीमती गम्भीर घाइते भएकी छिन्।  

सानोठिमीबाट मगरगाँउतर्फ जाँदै गरेको बा.प्र. ०२–०२८ प. ६६१० नं को स्कुटर आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा सानोठिमी धुञ्चेपाखा बस्ने ३१ वर्षीय स्कुटर चालक निश्चल प्रकाश राजभण्डारीको मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक ढुण्डीराज न्यौपानेले जानकारी दिए। 

दुर्घटनामा घाइते स्कुटरमा पछाडि सवार मृतक भण्डारीको श्रीमती २८ वर्षीया पूजा श्रेष्ठको नर्भिक अस्पताल काठमाडौँमा उपचार भइरहेको छ। 

मृतकको शव परीक्षणका लागि शिक्षण अस्पताल महाराजगञ्ज काठमाडौं लगिएको र सवारीसाधन प्रहरी प्रभाग सानोठिमी भक्तपुरको नियन्त्रणमा राखेर घटनाबारे अनुसन्धान सुरु गरेको प्रहरीले जानकारी दिएको छ। रासस

प्रकाशित: १९ पुस २०८१ १८:१४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App