काठमाडौंको तारकेश्वर नगरपालिका-७ महादेव खोलास्थित सडकमा मिनिटिपरको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु भएको छ।
बा.३ ख ३३४४ नम्बरको मिनीटिपरको ठक्करबाट पैदल यात्री सोही ठाउँ बस्ने झापा दमक नगरपालिका घर भएकी २५ वर्षीया सबिना घलेको छोरा तीन वर्षीय दिप्सनकुमार धिमालको बिहीबार बिहान मृत्यु भएको हो।
दुर्घटनामा गम्भीर घाइते भएका उनको राष्ट्रिय ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। मिनी टिपरचालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
प्रकाशित: १८ पुस २०८१ १६:५४ बिहीबार