५ जेष्ठ २०८३ मंगलबार
image/svg+xml
समाज

छ दिनमा एक सय ४६ विपद्का घटना

बितेका छ दिनमा देशभर कुल १४६ विपद्का घटना घटेका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार विपद्‍मा परेर सात जनाको ज्यान गएको छ भने एक जना बेपत्ता भएका छन्।

विपद्‍मा परेर ३७ जना घाइते भएका छन् भने १४५ घरपरिवार प्रभावित भएका छन्। छ दिनमा आगलागीका ९३, हुरीबतासका तीन, लेक लाग्ने दुई, डुङ्गा पल्टने एक, चट्याङ चार, सर्पदंश १२, भारी वर्षा दुई, डढेलो २०, जनावर आक्रमण सात, बाढीका दुईवटा घटना घटेका हुन्।

विपद् प्रभावितको उद्धारका लागि २२९ प्रहरी परिचालित भएका थिए। विपद्‍मा परेर १९ जना घाइते भएको प्राधिकरणले उपलब्ध गराएको विवरणमा उल्लेख छ।

प्रकाशित: ७ वैशाख २०८३ ०६:२६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App