३० जेष्ठ २०८३ शनिबार
image/svg+xml
राजनीति

सांसद खरेलले भने : निर्वाचन क्षेत्र ललितपुर-२ मा भगवानको रक्षा गर्नुपर्ने बेला भयो

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद जगदीश खरेलले आफ्नो निर्वाचन क्षेत्र ललितपुर-२ मा भगवानको रक्षा गर्नुपर्ने बेला भएको बताएका छन्।

प्रतिनिधि सभाको आजको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्। यो क्षेत्रमा मूर्तिहरू चोरीका घटनाहरू भइरहेको बताउँदै उनले सम्पदाको संरक्षण गर्न सरकारको ध्यानाकर्षण समेत गराए।

'हामी धेरैलाई लाग्छ, भगवानले हाम्रो रक्षा गर्छन् तर मेरो नगरमा मेरो क्षेत्रमा भगवानको रक्षा गर्नुपर्ने बेला भएको छ। मूर्तिहरू चोरी भएका छन्, हिटीहरू चोरी भएका छन्। उत्खनन गर्नुपर्ने अवस्था छ। अतिक्रमण बढिरहेको छ,' उनले भने, 'यो हिसाबले गर्दाखेरि मेरो एक जना सम्पदा अभियन्ता मित्र यादवलाल कायस्थ भन्नुहुन्छ, लौ न अब त भगवानलाई जोगाउनु पर्‍यो।'

उनले पछिल्लो घटनामा रातो मछिन्द्रनाथको जात्रामा दायाँ–बायाँ राख्ने हिटी मङ्ग चोरी भएको बताए।

प्रकाशित: ५ जेष्ठ २०८३ १२:१४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App