सांसद विष्णुमाया विकले होल्डिङ सेन्टरमा रहेका सुकुम्बासीको दैनिकीमा समस्या भएको बताएकी छन्।
प्रतिनिधि सभाको आजको बैठकको आकस्मिक समयमा बोल्दै उनले यस्तो बताएकी हुन्। उनले ती सेन्टरमा राखिएका बालबालिकाको पठनपाठनमा ध्यान दिनुपर्नेमा जोड दिइन्।
उनले भनिन्, 'गरिब होइन, गरिबी भगाउने नीति सरकारको हुनुपर्छ, सुकुम्बासीलाई सान्त्वना दिन पनि सरकारले सम्बोधन गर्नुपर्छ।'
प्रकाशित: ५ जेष्ठ २०८३ १२:३२ मंगलबार





