११ पुस २०८१ बिहीबार
image/svg+xml
समाज

पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव कायमै, शुक्रबार रातिदेखि पुनःवर्षा हुने

पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले आगामी शुक्रबार रातिदेखि पुनः बदली र वर्षाको हुने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल कायम रहेको पचिमी वायुसँगै पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव कायम रहेकाले भोलि बिहीबार र शुक्रबार मौसम सामान्यतया सफा रहे पनि शुक्रबारदेखि अर्को मौसमी प्रणाली भित्रिने भएकाले बदली र वर्षा हुने महाशाखाले जनाएको छ।

महाशाखाका वरिष्ठ मौसमविद् प्रतिभा मानन्धरका अनुसार आज र भोलि खासै वर्षाको सम्भावना नभएको र आज राति कोशी र गण्डकी प्रदेशका पहाडी भेगमा हल्का हिमपात हुनेछ। शुक्रबारदेखि प्रणाली भित्रिने भएकाले रातिबाट बादल लागेर शनिबार वर्षा हुने उनको भनाइ छ। देशैभर बदली रहे पनि वर्षा सुदूरपश्चिम, कर्णाली प्रदेशका थोरै स्थानमा वर्षा हुने पूर्वानुमान गरिएको छ।

मौसमविद् मानन्धरले पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले देशभर बदली गराउनुका साथै कतिपय स्थानमा वर्षा हुने उल्लेख गरिन्। आइतबारबाट क्रमिक रूपमा मौसममा सुधार आउनेछ।

प्रकाशित: ११ पुस २०८१ ०६:५५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App