८ पुस २०८१ सोमबार
image/svg+xml
समाज

दश वर्षदेखि डायलसिसको सहारामा बाँचेकी स्मृति

नार्गाजुन नगरपालिका भीमढुङ्गाकी स्मृति मगरातीको दुवै मिर्गौलाले काम गर्न छाडेको वर्षौ भइसकेको छ। छब्बिस वर्षीया स्मृति हप्ताको तीन दिन आमा सावित्री मगरातीको सहयोगमा बनस्थलीस्थित राष्ट्रिय मिर्गौला केन्द्रको डायलसिस कक्षमा छिर्छिन् र चारपाँच घण्टापछि बाहिरिन्छन्।

उनी हिँड्डुल गर्न सक्दिनन्। १० वर्षदेखि उनी डायलसिसको सहारामा बाँचिरहेकी छन्। उनकी आमा सावित्री साेध्छिन्, “हामीलाई थाहा नै छैन तर यो दुःख बाँड्ने कोही भइदिए बोझ अलि कम हुन्थ्यो कि!”

सावित्रीको भनाइमा उनको परिवारले स्मृतिको उपचारमा धेरै खर्च गरिसकेको छ।

अलिअलि भएको जायजेथा पनि बेचिसक्याैं। यो परिवारले मिर्गौला प्रत्यारोपण कल्पना पनि गर्न सक्दैन। एक त दाता नै छैन। अर्को पैसा छैन तर डायसिसको सहयोगले छोरीले आयु लम्ब्याउन चाहन्छ। राज्यले डायलसिस निःशुल्क गरेको छ तर त्यससँग जोडिएका खर्चहरू थेगी नसक्नु छ।

नियमित गर्नुपर्ने चेकजाँच यातायात खर्च (आठ किलोमिटर एकतर्फी) अन्य आयआर्जन काम गर्न नसक्ने अवस्था, आकस्मित स्वास्थ्य समस्या आइपर्दा लाग्ने खर्च जस्ता कारणले परिवार आर्थिक चरम सङ्कटमा गुज्रेको सावित्री बताउँछिन्।

उनी कसैको सहयोग पाए जीवन जिउन अलि सहज हुन्थ्यो कि भन्ने लाग्छ उनीलाई। स्मृति अहिले टिबी र जण्डिसको सङ्क्रमणले थलिएकी छन्। उनी र उनको परिवारलाई देशविदेशमा रहने सम्पूर्ण नेपाली तथा अन्य समुदायलाई सहयोगको अपिल गरेका छन्। सहयोग गर्ने चाहने व्यक्तिका लागि स्मृति मगराति, ग्लोबल आइएमइ बैंक, नागार्जन शाखा, खाता नं १६३०७०१००१४१०० र ९८६६४०७६६६   सम्पर्क नम्बर राखिएकाे छ।

प्रकाशित: ८ पुस २०८१ ०९:४५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App