५ पुस २०८१ शुक्रबार
image/svg+xml
समाज

सैन्य तालिममा उत्कृष्ट हुने विद्यार्थीलाई नगद पुरस्कारसहित सम्मान

सैन्य तालिम लिएका शहीद स्मृति आवासीय माध्यमिक विद्यालयका विद्यार्थी आफ्नो प्रतिभा प्रस्तुत गर्दै। तस्बिर: नागरिक

सैन्य तालिममा उत्कृष्ट हुने इटहरी वडा नं. १९ शहीद स्मृति आवासीय माध्यमिक विद्यालयका विद्यार्थीलाई इटहरी उपमहानगरपालिकाले पुरस्कार प्रदान गरेको छ।

नेपाली सेनाले हरेक वर्ष निश्चित संख्यामा विद्यार्थीलाई सैन्य तालिम दिने क्रममा यस वर्ष सिं सं. ५० औं जुनियर डिभिजन तालिममा शहीद स्कुलका विद्यार्थीले वेष्ट प्लाटनको उपाधी हात पारेका थिए। कोशी, बागमती र मधेस प्रदेशका १५ वटा विद्यालयका ५२७ जना विद्यार्थीमध्ये शहीद स्कुलका विद्यार्थी उत्कृष्ट भएपछि इटहरी उपमहानगरपालिकाले २१ हजार नगदसहित स्वागत गरेको हो। उपमहानगरपालिकामै शुक्रबार कार्यक्रम गरी नगद पुरस्कारसहित सम्मान गरेको हो।

विद्यालयका ३६ जना छात्रछात्रा छनौट गरी तालिम दिन सुरु गरिएकोमा १०० दिने तालिमको हरेक विधामा शहीद स्कुलका विद्यार्थीले उत्कृष्ट नतिजा हात परेको सहायक प्रधानाध्यापक रमेश खड्काले बताए। नेपाली सेनाले राष्ट्रिय सेवा दल मार्फत २०२२ सालदेखि विद्यार्थीहरूलाई एमसिसी तालिम दिन सुरु गरेको हो। सभ्य, अनुशासित र असल नागरिक उत्पादन गर्नु एनसीसी तालिमको मुख्य उद्देश्य रहेको छ।

तालिममा उत्कृष्ट भएका छात्रछात्रालाई नगदसँगै पाँच÷पाँच थान फुटबल तथा भलिबल पनि इटहरी उपमहानगरपालिको प्रदान गरियो । सो क्रममा मेयर हेमकर्ण पौडेलले उपमहानगरपालिकाले शिक्षालाई प्राथमिकतामा राखेर काम गरी रहेका बेला शहीद स्कुलका छात्राछात्र उत्कृष्ट हुनुले उपमहानगरकै प्रतिष्ठा उच्च भएको बताए । उनले तालिमलाई सही ढंगले सदुपयोग गरेर भविष्यमा असल बन्न पनि सुल्झाए।

तालिममा कक्षा ८ देखि कक्षा १० सम्मका  विद्यार्थी सहभागी भएका थिए । तालिममा सहभागी विद्यार्थी सुस्मिता दाहालले तालिमले आफूलाई अनुशासित बनाउनुका साथै भविष्यमा सेना बन्दा सहयोग गर्ने बताइन्। तालिममा सहभागी विद्यार्थीहरूलाई ७९ दिनसम्म नेपाली सेनाका प्रशिक्षकले विद्यालयमै गएर तालिम दिनेछन्। बाँकी २१ दिन सेनाको क्याम्पमै लगेर तालिम दिने गरिएको छ । 

प्रकाशित: ५ पुस २०८१ १६:४५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App