१ पुस २०८१ सोमबार
image/svg+xml
समाज

मानव बस्तीमा खुला रूपमा हिँड्ने चितुवालाई नियन्त्रणमा लिइयो

मानव बस्ती क्षेत्रमा खुला रूपमा हिँडिरहेको चितुवालाई एक महिनापछि नियन्त्रणमा लिइएको छ। कपिलवस्तुको कृष्णनगर नगरपालिका वडा नम्बर ६ श्रीनगर गाउँमा वन कर्मचारीहरूको सहयोगमा वस्यक भाले चितुवालाई नियन्त्रणमा लिइएको हो।

चितवन राष्ट्रिय निकुन्जका २ र गौतमबुद्ध डिभिजन वन कार्यालयका ५ गरी ७ जनाको टोलीको ११ दिनको अथक प्रयासपछि चितुवालाई नियन्त्रणमा लिइएको डिभिजन प्रमुख राजु क्षेत्रीले बताए। चितुवाले बस्तीमा रहेका निलगाई र त्यसका बच्चा, बाख्रा लगायतका घर पालुवा जनावार खाएको र चितुवाले गर्दा गाउँमा विगत १ महिनादेखि त्रास फैलिएको कपिलवस्तु साझेदारी वनका अध्यक्ष गंगेशनाथ तिवारीले बताए।

चितवनबाट आएको निकुन्जका २ प्राविधिकहरूले बुटहनीया र श्रीनगर गाउँमा ११ दिनअघि क्यामेरा जडान गरेर चितुवाबारे विवरण संकलन गरेको थियो। त्यसैका आधारमा खोरमा बाख्रा राखेर जालमा पारेर चितुवालाई आइताबार राति ८ बजेतिर नियन्त्रणमा लिइएको थियो।

खोरमा उफ्रिँदा चितुवालाई सामान्य चोट समेत लागेको र उपचारपछि बाँके पठाइने डिभिजन प्रमुख क्षेत्रीले बताए। चितुवा ६ देखि ७ वर्षको रहेको वन कर्मचारी बताउँछन्।

प्रकाशित: १ पुस २०८१ १३:२२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App