पूर्वपश्चिम राजमार्ग अन्तर्गत बुटवलको तिनाउ पुल नजिकै भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको हो।
बिरामी लिएर बुटवल आउँदै गरेको जीप दुर्घटनाहुँदा ७१ वर्षीय तिलकराम खनाल, उनकी श्रीमती ६७ वर्षीया गौरी र जिप चालक ३२ वर्षीय हरि न्यौपानेको मृत्यु भएको हो।
गौरीलाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल लैजाने क्रममा पुलको डिभाइडरमा जीप ठोक्किएर दुर्घटनामा परेको प्रहरीले जनाएको छ। पुल पार गरिसकेपछिको मोडमा जिप दुर्घटनामा परेको थियो।
प्रकाशित: २९ मंसिर २०८१ १०:२७ शनिबार





