२७ मंसिर २०८१ बिहीबार
image/svg+xml
समाज

एसिया–प्रशान्त क्षेत्रका राष्ट्रहरूमा राष्ट्रिय तथ्याङ्कको कमी

एसिया – प्रशान्त क्षेत्रीय राष्ट्रहरूमा  राष्ट्रिय तथ्याकंको कमी रहेको औँल्याएका छन्। बुधवारदेखि बैकमा जारी  क्षेत्रीय तथ्याकं समितिको भेलाको उद्घाटन समारोहमा  एसिया–प्रशान्त क्षेत्रीय आर्थिक तथा सामाजिक आयोगकी कार्यकारी महासचिव अर्मिद सल्सिया अलिसाभानाले यस्तो औँल्याएकी हुन।

एसिया प्रशान्त क्षेत्रीय मुलुकहरूले राष्ट्रिय तथ्याङ्क निर्माणमा सहयोग नगरेको उनको गुनासो छ । ‘दीगो विकास लक्ष्य हाँसिलको प्रगतिमा ढिलाइ भएका छ’ उनले भनिन। तथ्याकं दृष्टान्तको लागि नभएर जीवनको लागि भएको उनको भनाइ छ।

तथ्याङ्क कुनै पनि देशको विकासको प्रगतिको अनुगमन र विकासको मापदण्डको सूचक भएकोले यो विना विकासका नीति तथा कार्यक्रम गर्दा हेलचेक्र्याइँ हुने उनले बताइन। दीगो विकास लक्ष्यको मुद्दा विकासमा कोही पनि नछुट्ने लक्ष्य हाँसिल गर्न तथ्याकं बिना सम्भव नहुने बताइन। हरेक देशले विकासको आधार र जनसङ्ख्या, विविध समुदाय र समूहको स्थिति सहितको राष्ट्रिय तथ्याकं हुनु पर्नेमा त्यो रुपमा नभएको उनले बताइन।

हालसम्म शिक्षा,लिङ्ग,सहरीकरण, उमेर र आयको मात्र भिन्न तथ्याकं रहेको र अन्य तथ्याकंहरु बन्न नसकेको बताइन। ‘तथ्याङ्क विना दीगो विकास लक्ष्यका सूचांकहरु मापन गर्न सक्ने अवस्था छैन’ उनले भनिन।

सोही क्रममा थाइल्याण्डका डिजिटल अर्थतन्त्र तथा समाज मन्त्री प्रासर्ट जनतारुङटुङले यो क्षेत्रमा रहेको विविधतालाई समयमै सम्बोधन गर्न तथ्याकं नै मुख्य आधार भएको बताए। ‘पछि परेको तथा पीडित समूहलाई सम्बोधन गर्न छुट्टा–छुट्टै तथ्याङ्क आवश्यक छ’ उनले भने। 

प्रकाशित: २७ मंसिर २०८१ १४:२४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App