बजार परिसूचक नेप्सेमा बिहीबार उच्च अंकको गिरावट आएको छ । लगातार ४ दिन घटेर बुधबार वृद्धि भएको नेप्से बिहीबार फेरि ओरालो लागेको हो । बुधबार ४५ अंकले नेप्से बढेको थियो ।
बिहीबार नेप्से ३३.४२ अंकले घटेर २६८२.२९ अंकमा पुगेको छ। समग्रमा यो साता नेप्से ६८ अंकले नेप्से घटेको छ।
अघिल्लो दिन ५ अर्ब ५ करोडको कारोबार भएकोमा बिहीबार ६ अर्ब १४ करोडको भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।
बिहीबार कारोबारमा आएका ३०४ वटा कम्पनीमध्ये ४० वटा कम्पनीको मूल्य बढ्न पुग्यो भने २०४ वटाले भने घाटा भोगे ।
उत्पादन सेक्टर ०.३८ प्रतिशत बढ्दा अरु सबै सेक्टर घटे । बैंकिङ १.७२, विकास बैंक १.५५, फाइनान्स २.६४, हाइड्रोपावर ०.९९, लगानी १.१८, जीवन बीमा १.३७, माइक्रोफाइनान्स ०.६९, निर्जीवन बीमा ०.९२, अन्य ०.९९ र व्यापार १.२६ प्रतिशत घटे ।
त्रिशूली जलविद्युतको सेयर बिहीबार सबैभन्दा धेरै ८.५५ प्रतिशतले वृद्धि हुँदा नारायणी विकास बैंकको ७.५४ प्रतिशत मूल्य बढ्यो। जानकी फाइनान्सको सेयरमा भने ९.९९ प्रतिशतको गिरावट आयो ।
कारोबार रमका आधारमा जानाकी फाइनान्स, सर्वोत्तम सिमेन्ट, जोशी हाइड्रोपावर, मोलुङ हाइड्रोपावर र युनाइटेड इदी मर्दी क्रमशः अगाडि रहे ।
प्रकाशित: २७ मंसिर २०८१ १५:४३ बिहीबार