२६ माघ २०८२ सोमबार
image/svg+xml
समाज

चन्द्रनिगाहपुरमा स्कार्पियो दुर्घटना, ८ जनाको मृत्यु

रौतहटको चन्द्रनिगाहपुरमा स्कार्पियो दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ। बाराको गढीमाई मेला सकेर सिरहा फर्किरहेको स्कार्पियो राति दुर्घटनामा परेको हो।

दुर्घटना चन्द्रनिगाहपुर–४ स्थित पूर्वपश्चिम राजमार्गमा रुखमा ठोक्किएर भएको थियो। घटनास्थलमा ८ जनाको मृत्यु भएको र केही घाइते भएको रौतहटका प्रहरी प्रमुख एसपी दिलिप घिमिरेले जानकारी दिए।

मृतकहरू सिरहाको अर्नमा गाउँपालिका–३ का हुन्, जो गढीमाई मेला हेरेर घर फर्किँदै थिए। रौतहट प्रहरीका अनुसार शव चन्द्रनिगाहपुरकै सिभिल अस्पतालमा राखिएको छ। मृतकहरूको पहिचान आफन्तको आएपछि मात्र खुल्ने जनाएको छ। 

प्रकाशित: २५ मंसिर २०८१ ०८:५२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App