१२ पुस २०८१ शुक्रबार
image/svg+xml
समाज

८२ लाखको लागतमा पक्की सडक

बेनी–पुलाचौर पाँच किलोमिटर सडक ८२ लाख रुपैयाँको लागतमा पक्की बनाइएको छ।

 बेनी–अर्थुङ्गे–बाँसबोटसम्म पाँच किलोमिटर खण्डमा कालोपत्र र ढलान भएको हो। बेनी नगरपालिकाका प्रमुख सुरत केसीका अनुसार यो सडक स्तरोन्नतिका लागि एक करोड ८० लाख रुपैयाँ विनियोजन भएको थियो। 

बाँसबोटमा तीन सय ३० मिटर सडक प्रिमिक्स कालोपत्र र एक सय मिटर ढलान भएको छ। एकपाटे, अबेचौर र पुरुण्डी क्षेत्रमा चार सय मिटर ढलान र बेनीको हुलाकचोकदेखि सङ्गमचोकसम्मको एक सय ३० मिटर सडक प्रिमिक्स कालोपत्र भएको छ। 

बेनी–पाखापानी सडक योजनामा विनियोजन भएको रु तीन करोड बजेटमध्ये एक करोड ५० लाख रुपैयाँको लागतमा कुरिलाखर्क र अर्थुङ्गेको घुम्तीमा स्तरोन्नति गरिने नगरप्रमुख केसीले जानकारी दिए। रासस

प्रकाशित: २३ मंसिर २०८१ ०८:५२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App