२८ चैत्र २०८१ बिहीबार
image/svg+xml १७:२० अपराह्न
समाज

नेपाल रिपब्लिक मिडिया र सञ्चारिका समूहबीच सञ्चार क्षेत्रमा महिला सहभागिताबारे छलफल

सञ्चारीका समूहले महिला सहभागिता, समानता र सशक्तीकरणको बारमा नेपाल रिपब्लिक मिडियासँग छलफल गरेको छ।

बिहीबार सञ्चारीका समूहकी अध्यक्ष विमला तुम्खेवासहितको टोलीले नेपाल रिपब्लिक मिडियासँग महिला सहभागिता, समानता र सशक्तीकरणको बारे छलफल गरेको हो।

छलफलमा अध्यक्ष तुम्खेवाले संस्थामा लैगिंक समानता तथा सामाजिक समावेशी नीति, यसमा आएको समस्याको समाधान, संस्थाभित्र युवा पत्रकारको सेवा सुविधा, सम्पादक तहमा महिलाहरू साथै समाचारहरूमा महिलाहरूको विषय उथानको बारेमा जानकारी लिएकी थिइन्।

छलफलमा बोल्दै नेपाल रिपब्लिक मिडियाकी प्रबन्ध निर्देशक सबृद्धि ज्ञवालीले महिला पत्रकारहरूको हकहितमा संस्था सधैं अग्र स्थानमा रहेको उल्लेख गरिन्।

महिलालाई समेत पुरुषसरह सुविधा उपलब्ध गराएको जानकारी गराउँदै उनले महिलाको विषयलाई समेत नेपाल रिपब्लिक मिडियाले सधैं प्राथमिकतामा राखेको बताइन्। युवा पत्रकार मुलुकलाई आवश्यक रहेको चर्चा गर्दै प्रबन्ध निर्देशक ज्ञवालीले अवसर पाए उच्च पदमा बसेर पत्रकारिता गर्न नेपाली महिला समेत सक्षम रहेको दाबी गरिन्।

नेपाल रिपब्लिक मिडियामा महिलामैत्री कार्यकक्ष रहेको र आवश्यकताअनुसार अन्य सुविधाहरू पनि थप गर्न तयार रहेको उनको भनाई थियो। सञ्चारिका समूहले महिला पत्रकारहरूको हकहितमा गरिरहेको कामको प्रशंसा गर्दै प्रबन्ध निर्देशक ज्ञवालीले राम्रा कामका लागि सहयोग गर्न रिपब्लिक मिडिया सधैं तयार रहने प्रतिबद्धता व्यक्त गरिन्।

प्रकाशित: २० मंसिर २०८१ १८:२२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App