कञ्चनपुरमा एक व्यक्तिले घाटी रेटेर श्रीमतीको हत्या गरेका छन्। भीमदत्त नगरपालिका तिलाचौरका ४९ वर्षीय नरेन्द्र सिंह विष्टले ३० वर्षीया श्रीमती ज्योतिको हसियाँले घाटी रेटर हत्या गरेका हुन्।
सामान्य भनाभनमा आक्रोशित हुँदा विष्टले श्रीमतीको ज्यान लिएका हुन्। जेठी श्रीमतीको मृत्यु भएपछि २ वर्ष अघि नरेन्द्रले ज्योतीसँग विहे गरेका थिए।
पछिल्लो समय नरेन्द्रले मदिरा सेवन गरि परिवारमा झगडा गर्ने गरेको छिमेकीको भनाई छ। उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ। विष्ट नेपाल प्रहरीका पूर्व असई भएको खुलेको छ।
प्रकाशित: १६ मंसिर २०८१ १२:०४ आइतबार





