१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
समाज

क्याम्पस प्रमुखको हत्याका मुख्य अभियुक्त ६ महिनापछि पक्राउ

बाराको कलैया स्थित  रामराजा बहुमुखी क्याम्पस प्रमुख  हरि भूषण कुशवाहाको हत्यामा संलग्न मुख्य अभियुक्तलाई प्रहरीले सार्वजनिक गरेको छ।  जिल्ला प्रहरी कार्यालय बाराले बिहिवार पत्रकार सम्मेलन गरि मुख्य अभियुक्त  सुरेन्द्र कुशवाहालाई सार्वजनिक गरेको हो। 

६ महिनाको लामो प्रयास पछि सुरेन्द्रलाई प्रहरीले बुधबार अबेर राती बिराटनगरबाट पक्राउ गर्न सफल भएको बाराका प्रहरी प्रमुख(एसपी) महेन्द्र खड्काले बताए। 

गत जेठ ३२ आदर्श कोतवाल गाउँपालिकाको खजुरियामा कुशवाहाको गोली प्रहार गरी हत्या गरिएको थियो।

फरार कुशवाहा बिराटनगरमा  खेतीपाती गरेर बसेको सूचना पाए पछि उनलाई पक्राउ गर्न सकिएको बाराका प्रहरी प्रमुख खड्काले बताए। गएको ३२ जेठमा घरबाट फर्किने क्रममा रामराजा बहुमुखी क्याम्पस प्रमुख कुशवाहामाथि गोली प्रहार भएको थियो।

गोली लागेर घाइते भएका क्याम्पस प्रमुख कुशवाहाले फोन गरेर सुरेन्द्र कुशवाहाले आफू माथि गोली प्रहार गरेको जानकारी गराएका थिए। 

प्रकाशित: १३ मंसिर २०८१ १०:२२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App