सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाका कर्मचारी र शिक्षकहरू आजदेखि धर्नामा बसेका छन्।
चालु आर्थिक वर्ष २०८१/८२ को साउनदेखि हालसम्म तलब भत्ता नपाएको भन्दै नगरपालिकाका सबै कर्मचारी र शिक्षकहरूले आइतबार कार्यालयको मुख्य गेटमा तालाबन्दी गर्दै आजदेखि धर्ना सुरु गरेका हुन्।
मेयर, उपमेयर, र प्रमुख प्रशासकीय अधिकृतसँग पटक–पटक मौखिक र लिखित रूपमा तलब भत्ताका लागि आग्रह गर्दा पनि सुनुवाइ नभएपछि बाध्य भएर कार्यालयमा तालाबन्दी गरेको आन्दोलन परिचालन समितिका संयोजक अशोक कुमार यादवले बताए।
उनले गत कात्तिक ६ गते नगर प्रमुखलाई तलब भत्ताको मागसहित ज्ञापन बुझाउँदै ६ दिनको अल्टिमेटम दिएकोमा कुनै सुनुवाइ नभएपछि बाध्य भएर आन्दोलनमा उत्रनुपरेको बताए।
प्रकाशित: २६ कार्तिक २०८१ १०:०० सोमबार