१८ मंसिर २०८१ मंगलबार
image/svg+xml
समाज

प्रधानन्यायाधीश राउतद्वारा छठी माताको पूजा

प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले छठी माताको पूजा अर्चना गरेका छन। बिहिबार साँझ थापाथलीस्थित बागमती किनारमा निर्माण गरिएको छठ पूजा स्थलमा पुगेर उनले छठी माताको पूजा गरेका हुन।

प्रधानन्यायाधीश राउतले सो स्थानमा राखिएको छठी माताको प्रतिमामा माल्यार्पण गर्नुका साथै नदी किनारमा अस्ताउँदो सूर्यलाई अर्घ दिएका थिए।

प्रधानन्यायाधीश राउतलाई ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन, छठ पूजा समिति थापाथली (हाल कुपण्डोल)का संयोजक सतीशकुमार झालगायतले स्वागत गरेका थिए ।

प्रकाशित: २२ कार्तिक २०८१ १९:५० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App