६ कार्तिक २०८१ मंगलबार
image/svg+xml
समाज

पाथीभरामा सिजनकै सर्वाधिक दर्शनार्थी, एकै दिन ६ हजार बढीले गरे दर्शन

<br>

ताप्लेजुङमा अवस्थित बहुचर्चित पाथीभरा मन्दिरमा मंगलबार यस सिजनकै सबैभन्दा बढी भक्तजनले दर्शन गरेका छन्।

पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङवाङका अनुसार मंगलबार ६ हजार ५१२ भक्तजनले मन्दिरको दर्शन गरेका हुन्।

यसअघि कार्तिक ३ गते ५ हजार ९८३ जनाले मन्दिरमा दर्शन गरेका थिए। जुन यसअघि सम्मको उच्च संख्या थियो।

नवरात्रको समयमा मेची राजमार्ग र तमोर करिडोर अवरुद्ध हुँदा पाथीभरा दर्शनार्थीको संख्या निकै घटेको थियो। तर हाल सडक सञ्चालनमा आएपछि दर्शनार्थीहरूको संख्या फेरि उल्लेख्य रूपमा बढेको हो।

प्रकाशित: ६ कार्तिक २०८१ २०:१४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App