६ कार्तिक २०८१ मंगलबार
image/svg+xml
समाज

माओवादी एसिया महादेश समितिबाट बाढीपीडितलाई आठ लाख सहयोग

<br>

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) एसिया महादेश सङ्गठन समन्वय समितिले बाढी, पहिरोपीडितका लागि आठ लाख ३८ हजार तीन सय सहयोग गरेको छ।

समितिले मंगलबार पार्टी अध्यक्ष पुष्पकमल दाहाललाई सो रकमको चेक हस्तान्तरण गरेको हो।

समितिका इञ्चार्ज पम्फा भुसाल र सहइञ्चार्ज ओम शर्मालगायतले प्रदान गरेको चेक ग्रहण गर्दै अध्यक्ष दाहालले सहयोगका लागि समितिलाई धन्यवाद दिए।

उनले मानवीय विपद्को सबै मिलेर सामना गर्नुपर्ने बताए।

प्रकाशित: ६ कार्तिक २०८१ १८:५९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App