१४ चैत्र २०८२ शनिबार
image/svg+xml
समाज

पोखरामा रास्वपा कार्यकर्ताले लखेटे प्रदर्शन गरिरहेका सहकारी पीडितलाई

पोखराको शहिदचोकमा प्रदर्शन गरिरहेका सहकारी पीडितलाई रास्वपाका कार्यकर्ताले लखेटेका छन्।

शहिदचोकमा रास्वपा सभापति रवि लामिछानेको पक्राउविरुद्ध कार्यकर्ताहरूले प्रदर्शन गरिरहेका छन् भने सोही ठाउँमा सहकारी पीडितहरूले पनि प्रदर्शन गरिरहेका छन्। प्रदर्शन गरिरहेका सहकारी पीडितलाई रास्वपा कार्यकर्ताले खेदेका हुन्।

रास्वपाका कार्यकताहरुले निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीसँग धकेलाधकेल समेत भएको थियो।

जिल्ला प्रशासन कार्यालय कास्कीले पोखराको शहिदचोक र गैह्रापाटन आसपासलाई निषेधित क्षेत्र घोषणा गरेको छ।

प्रकाशित: ४ कार्तिक २०८१ १२:५७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App