२९ आश्विन २०८१ मंगलबार
image/svg+xml
समाज

नेपालद्वारा लेबनानस्थित शान्ति सैनिक केन्द्रमाथि इजरायली आक्रमणको निन्दा

नेपालले लेबनानस्थित शान्ति सैनिक केन्द्रमाथि इजरायली पक्षले गरेको आक्रमणको निन्दा गर्दै त्यस्ता गतिविधि तत्काल रोक्न माग गरेको छ।

परराष्ट्र मन्त्रालयले आफ्नो सामाजिक सञ्जाल एक्समा एक पत्र लेख्दै आक्रमणको निन्दा गरेको छ। साथै घटनाको जाँच गर्न र सुरक्षाको प्रत्याभूति दिलाउन पनि आग्रह गरेको छ।

मन्त्रालयले इयुका २७ सदस्यहरू युएनआईएफआइएल (युनिफिल) माथि गरेको आक्रमण तत्काल रोकिनुपर्ने घटनाको उचित छानबिन हुनुपर्ने माग गरेको हो।

यसअघि युरोपेली सङ्घ (इयु) का विदेश नीति प्रमुख जोसेप बोरेलले सोमवार दक्षिणी लेबनानमा संयुक्त राष्ट्रसङ्घका शान्ति सैनिकहरूलाई घाइते बनाएको इजरायली आक्रमणको शृङ्खलाको निन्दा गरेका थिए।

यस्तो छ परराष्ट्र मन्त्रालयको पत्रः

प्रकाशित: २९ आश्विन २०८१ ११:०५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App