२७ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

पहिरो खसेपछि अरनिको राजमार्ग बन्द,यातायात अवरुद्ध

अरनिको राजमार्गअन्तर्गत पाँचखाल नगरपालिका ८ मा सुक्खा पहिरो खस्दा अरनिको राजमार्ग अवरुद्ध भएको छ।

शनिवार राति करिब ९ बजेतिर आएको पहिरोका कारण अरनिको राजमार्ग अन्तर्गत ५० किलोमा सडक पूर्ण रूपमा अवरुद्ध भएको हो।

ट्राफिक प्रहरी पोस्ट पाँचखालका इन्चार्ज राम थापाले सुक्खा पहिरोका कारण राजमार्ग रातिदेखि अवरुद्ध भएको बताए।

उनले अवरुद्ध राजमार्ग एकतर्फी सञ्चालन गर्ने गरी पहिरो पन्छाउने काम भइरहेको बताए।

राजमार्ग अवरुद्ध हुँदा सयौं सवारी साधनहरूको लामो लाइन भएको छ। 

प्रकाशित: २७ आश्विन २०८१ ०९:१० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App