२४ आश्विन २०८१ बिहीबार
image/svg+xml
समाज

नागरिककर्मी गौतमको पुलहाश्रमको फोटोले जित्यो १ लाख पुरस्कार

मोना खुल्ला फोटो प्रतियोगितामा बेनी नगरपालिका–५ पौराणिक तथा पर्यटकीयस्थल पुलहाश्रमको फोटोले पहिलो पुरस्कार जितेको छ।

म्याग्दीको प्रवासी नेपाली संघ (मोना) अष्ट्रेलिया र म्याग्दी उद्योग वाणिज्य संघले म्याग्दी जिल्लाभित्रका पर्यटकीय, धार्मिक तथा सांस्कृतिक स्थलको प्रवर्द्धनका लागि आयोजित प्रतियोगितामा नागरिक दैनिकका म्याग्दी संवाददाता समेत रहेका बेनी नगरपालिका–७ बिरेन्द्रचोकका हरिकृष्ण गौतमको फोटोले १ लाख राशीको पहिलो पुरस्कार जितेको हो।

सोमवार मोना अष्ट्रेलियाको सचिवालद्धारा सार्वजनिक गरेको नतिजामा प्रतियोगि नं. २०० विजेता गौतमले पुलहाश्रम, सदरमुकाम बेनीबजार, म्याग्दी र कालिगण्डकीको संगमस्थल,पर्वत जिल्लाका जलजला गाउँपालिका समेटिएको थियो। प्रतियोगिताका बिजेता गौतमले प्रथम पुरस्कारसहित फोटोमा लाईक, कमेन्ट र इङ्गेजमेन्ट वा रिचमा समेत अन्य प्रतियोगिलाई जितेका थिए।

प्रतियोगिताको जुरी टिमले बनाएको मापदण्डमा एउटा विधामा जितेकालाई अन्य विधामा पुरस्कृत नगर्ने रहेको थियो। त्यस्तै प्रतियोगितामा दोस्रो स्थान बेनी नगरपालिका–९ तोरीपानीका मिलन खत्रीले खिचेको ढोलठान दरबारमा रहेको पदमार्ग सहितको दृष्यावलोकन गर्ने स्थानको फोटोले ५० हजार राशीको दोस्रो पुरस्कार हात पारेको छ। त्यस्तै रघुगंगा गाउँपालिका–३ पिप्लेका भविन्द्र शाहीले खिचेको स्थानीय भगवती मन्दीरले तेस्रो भएको छ।

मोना अष्ट्रेलियाले आफ्नो फेसवुक पेजबाट सार्वजनिक गरेको विविरण अनुसार प्रतियोगितामा सहभागी घनश्याम खड्काको फुच्चे गुराँसले रिसर्चवेस अवार्ड, धनीलाल गर्वूजा मगर को लिंगों जुडाउने फोटोले कला संस्कृती अवार्ड, देवि जिसीको मालिकाधुरीले धार्मिक अवार्ड, खड्गबहादुर छन्त्यालको ताकम स्थित हनुमान मुर्तिीले मोष्ट कमेन्ट अवार्ड, मधुकर सुवेदीको ताकमकोट मन्दीरले मोष्ट शेयर अवार्ड, धनबहादुर श्रीषको बोयर बोकाले मोष्ट रिच अवार्ड, असिम चिखालको अन्नपूर्ण प्रथम हिमालफेदीको हिमतालले मोष्ट लाईक अवार्ड जितेका छन्।

त्यस्तै बागलुङका सन्दिप शर्माको म्याग्दीको जलजलाको तस्वीरले च्याम्बर अवार्ड जितेको छ। प्रतियोगितामा दोस्रो र तेस्रो हुने फोटोलाई क्रमशः ५० हजार र २५ हजार र विभिन्न विधाका बिजेताले ५ हजार तथा च्याम्बर अवार्ड विजेताले ५० हजार पुरस्कार प्राप्त गर्ने मोना खुल्ला फोटो प्रतियोगिताका संयोजक बाबुराम पौडेलले बताए। ‘म्याग्दीका सबै पालिकाको फोटोहरू प्रतियोगितामा थिए। अब पर्यटन प्रवर्द्धनको अभियान जारी भएपनि स्वरुप परिवर्तन हुन्छ’ संयोजक पौडेलले भने। प्रतियोगिताको नतिजा सार्वजनिक गर्ने क्रममा मोना अष्ट्रेलियाका अध्यक्ष इन्द्र थापामगरले पहिलो जस्तै दोस्रोपटकको प्रतियोगितामा समेत उत्साहजनक सहभागिता रहेको बताए।

‘प्रतियोगितामा आर्टिफिसीयल तरिकाले गरिएका कार्यहरू भएपनि स्वच्छ रुपमा अगाडी बढेका प्रतियोगिहरू धेरै हुनुहुन्थ्यो’ अध्यक्ष थापा मगरले भने। उनले सामजिक सञ्जाल फेसबुकको प्लेटफर्म प्रयोग गरी म्याग्दी जिल्लामा पर्यटन प्रवर्द्धन गर्न सकिने क्षेत्रको पहिचानमा सघाउने इभेन्ट पार्टनर शैक्षिक परामर्शदाता स्टुडेन्ट भ्वाइब्स लगायत म्याग्दीका सरोकारवाला निकायलाई समेत धन्यवाद दिए।

नतिजा सार्वजनिक कार्यक्रममा मोना अष्ट्रेलियाका पूर्व अध्यक्ष एवम् सल्लाहकार मुक्ति रोका, महासचिव दिनेश केसी, जुरी संयोजक बिशाल पौडेल, मोना भलिबलका टिम क्याप्टेन पारस भण्डारी, सदस्यहरू मुक्ती सुबेदी, टिका रोका, सन्तोष महत, अनिल बानियाँ, कुशल पौडेलको उपस्थिती रहेको थियो।

म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष सुविन श्रेष्ठले यस प्रतियोगिताको नतिजा सार्वजनिकसँगै जिल्लाको पर्यटन प्रवर्द्धनमा कोशेढुंगा सावित हुने बताए। त्यस्तै प्रायोजक स्टूडेण्ट भाइसका संस्थापक बद्री बरुवालले प्राकृतिक सुन्दरताको खानी म्याग्दी जिल्लाको पहिचानलाई फोटोको माध्यमबाट विश्वभर प्रवर्दधन गर्न सहयोग पु¥याउन सहयोग गरेको बताए।

गतवर्ष मोना अष्ट्रेलियाको आयोजनामा ‘नदेखिएको म्याग्दी’ नामक फोटो प्रदर्शनी समेत गरेको थियो।

प्रकाशित: २४ आश्विन २०८१ १९:०६ बिहीबार

#myagdi