२३ आश्विन २०८१ बुधबार
image/svg+xml
समाज

नेपाल–तिब्बत सीमा टिपताला अवलोकन गरेर फर्कियो सशस्त्रको टोली

प्रतिकुल मौसमको परवाह नगरी उत्तरी ताप्लेजुङको ओलाङचुङगोलास्थित सशस्त्र प्रहरीको सीमा सुरक्षा बल(बिओपी)को टोली ५ हजार २ सय मिटर उचाइमा रहेको नेपाल–तिब्बत सीमा क्षेत्र टिपताला पुगेर फर्किएको छ।

बिओपी ओलाङचुङगोलाका सशस्त्र प्रहरी निरीक्षक माधव खत्रीको कमाण्डमा रहेको १० जनाको टोली नेपाल–चीन सीमा इलाकामा रहेको सीमा स्तम्भ नं ७९ को अवलोकन तथा निगरानी फर्किएको सशस्त्र प्रहरी बल नं १ गुल्म हेड क्वाटर कञ्चनजंघाका गुल्मपति नरेश महर्जनले जानकारी दिए।

उनका अनुसार टोलीले सीमा स्तम्भ क्षेत्र आसपासमा सरसफाइ समेत गरेको छ। बिओपी टोलीले चिनिया समकक्षी अध्यागमन अधिकृत कुङगा टाँसी र प्रहरी अधिकृत दावातेसरिङ ला सँग भेटघाट तथा सामान्य छलफल समेत गरेको सशस्त्र प्रहरी बल नं १ गुल्म हेड क्वाटर कञ्चनजंघाका गुल्मपति सशस्त्र प्रहरी नायव उपरीक्षक महर्जनले जानकारी दिए।

अहिले ओलाङचुङगोलामा रहेको बिओपीका लागि मौवाटारमा भवन निमार्ण भएको छ। टिपताला पुगेको टोलीले निमार्ण सम्पन्न भएको भवनको समेत अवलोकन गरेको छ। प्रतिकुल मौसमका कारण अहिले बिओपीको टोली गोलामा रहेको छ ।

प्रकाशित: २२ आश्विन २०८१ १७:०६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App